Posts

समलिङ्गी जीवन र समस्याहरु

यस article मा समलिङ्गीहरुको साझा मुद्दा र त्यस माथी केही विचारहरु पस्कने प्रयास गरेको छु । मेरो उद्देश्य केबल यहाँहरुको ध्यानाकर्षण गर्ने जमर्को रहेको छ । आशा छ यहाँहरुले त्यो कुरा मनन गर्नुहुनेछ र आफ्नो अमुल्य बिचार प्रकट गर्दै comment गर्नुहुनेछ । १. आफ्नो पहिचान  :- यो एक सुरुवाती चरण हो । चाहेर या नचाहेर प्राय समलिंगीहरुले बचपनमा अथवा सानै देखि जिवनमा सुन्दै र फेस गर्दै जाने शब्द 'केटि जस्तो' या यस्तै यस्तै लान्छना तथा भेदभाव पुर्ण वचनहरुको सामना गर्नु पर्ने हुन्छ । कतिपय मानिसहरु त हिजडा, छक्का जस्ता मनमा पिडा दिने शब्दहरु पनि प्रयोग गर्न हिच्किचाउदैनन् । हामिहरु पनि म त्यस्तो होइन भन्ने कुरा प्रमाणित गर्नको लागि हरदम प्रयासरत रहने गर्छौ । यद्यपि, एक चोटि ठन्डा दिमागले सोच्नु पर्ने हुन्छ कि कुनै पुरुषले आफू मर्द हु भन्ने कुरा उसले देखाउनु पर्दैन । जो प्रकृतिक रुपमै आउने गर्दछ । त्यसरी नै समलैङ्गिकता पनि प्राकृतिक रुपमै आउने गर्दछ । त्यसो भन्दैमा आफुले आफुलाइ सानो सोच्नु चाहिँ पक्कै पनि गलत हो । म अरु भन्दा फरक छु, मेरो स्वभाव फरक छ, अथवा मलाइ केटि होइन केटाहरु नै मन पर्छ भ...

जान्नै पर्ने महत्वपूर्ण प्रचलित शब्दावलीहरु

कुनै पनि व्यक्तिको यौनाङ्ग हेरेर उसको लिङ्ग छुट्टाउनु गलत कुरा हो । व्यक्ती जान्ने भुझ्ने भैसके पछि उसलाई आफ्नो लैङ्गिक पहिचान गर्न स्वतन्त्रता छ । जुन कुनै रोग नभएर प्राकृतिक कुरा हो । यसलाई अझै गहिराईमा भुझ्नको लागि यी शब्दावलीहरुमा हेरौ :- Heterosexual (बिपरित लिङ्गी) :- आफ्नो लिङ्ग भन्दा बिल्कुल बिपरित लिङ्ग भएको व्यक्ती सँग यौन झुकाब तथा आकर्षण रहेको व्यक्ती । अर्थात्, पुरुष भए महिला प्रति र महिला भए पुरुष प्रती आकर्षण र प्रेम रहेको व्यक्ती । "L" Lesbian (महिला समलिङ्गी) :- एक महिला जो आफू जस्तै अर्को महिला सँग आकर्षण र प्रेमको अनुभुति गर्ने व्यक्ति । "G" Gay (पुरुष समलिङ्गी) :- एक पुरुष जो आफू जस्तै अर्को पुरुष प्रती आकर्षण र प्रेमको अनुभुति गर्ने व्यक्ति । "B" Bi sexual (द्वी लिङ्गी) :- कुनै ब्यक्ति जो महिला अनि पुरुष दुबै प्रति आकर्षण र प्रेमको अनुभुति गर्ने गर्छ । एक पुरुष पनि दुबै लिङ्ग प्रती आकर्षित हुन सक्छ भने एक महिला पनि दुबै लिङ्ग प्रती आकर्षित हुन सक्छिन् । "T" Transgender (तेस्रो लिङ्गी) :- जन्मिदा बालक भएपनी हुर्किदै जादा केटि ...

एक रोमान्चक प्रेम काहानी ।

"ल ल म भोलि काठमाडौं आउदै छु अब उतै भेट्नु पर्छ ल ब्रो" यत्तिकैमा ढोकामा ढक् ढक् गरेको आवाज आउँछ । "प्रताप"  " हजुर मम्मी" हट्पट् प्रताप ढोका खोल्छ । "कति फोनमा बोलिराखेको राती सम्म ? कहिले फोन कल, कहिले भिडियो कल । भोलिको बिहानैको टिकट छ, बिहानै उठ्नु पर्छ, बेलैमा सुत्नु पर्दैन ?" "सबै चाहिने सामान प्याक गरिस् ?" "गरे मम्मी अब सुत्न लागेको बिहान छिट्टै उठाइदिनु ल मम्मी" "हुन्छ सुत अब" भनेर प्रतापको मम्मी जानुहुन्छ । बिहान सबेरै उठेर प्रताप नुहाइसके पछि काठमाडौं जानको लागि तयार हुन्छ । मम्मी भन्नुहुन्छ " काठमाडौं तैले त्यति नचिनेको ठाउँ हो । दिदी ले सबै कुराको व्यवस्था गरिदिन्छे, धेरै नडुल्नु, बिहे भएको दिदिको घर हो । धेरै दुख नदिनु; राम्ररी पढ्नु; अब जा बुटवल बस पार्कमा सात बजे सम्म पुग्नु पर्छ ।" "हुन्छ मम्मी केइ चिन्ता नगर्नु" त्यस पछि परिवार सँग बिदावारी भएर प्रताप ट्याक्सी चढेर बस पार्क तिर लाग्छ । बस पार्कमा पुग्दा काठमाडौं को बस तयार हुन्छ । प्रताप बसमा चढ्छ । सामानहरु मिलाएर राखे पछि प्रता...

नजानेको प्रेम

"प्रेम" संसारकाे सबै भन्दा सुन्दर चिज हो । भनिन्छ प्रेम ईश्वरको रुप हो । जसलाइ केबल महसुस गर्न सकिन्छ । यसको न कुनै रुप हुन्छ न कुनै रङ्ग, न त यसको कुनै सिमा नै हुन्छ । सायद प्रेम नहुदो हो त यो संसार यो युग सम्म आइ पुग्दैन थियोे होला । यसको अनुभुति जति मिठो हुन्छ बिछोड को पिडा र अनुभुती त्यति नै नमिठो पनि हुन्छ । यसैले हामीलाई बाच्न सिकाएको छ र हामी मध्य कतिलाई मर्न बाध्य पनि गरेको छ । हामिले यसलाइ पुर्न रूपमा न जान्न सक्यौ न त बर्णन गर्न नै । यो संसार यसैको सेरोफेरोमा घुमिरहेको छ । प्रेमको बारेमा हामिले देख्दै, सुन्दै र आ-आफुले बनाएको धारणा भन्दा पृथक अनुभुति एक युवाले आफ्नो जीवनमा महसुस गर्छ । "सुमन" एउटा केटा जो गाउँमा हुर्किबढी पढाईको सिलसिलामा सहर पस्छ । बाह्र कक्षा पास गरे पछि सुमन काठमाडौमा बसेर स्नातक तहको पढाई गर्न थाल्छ । मनमोहन रुपको धनी अनि सधै हसिलो मुहार को रुपमा आफ्नो परिचय बनाएको उ आफुलाइ सधै खुला दिल र स्वतन्त्र बिचारधाराको मान्छ । ईन्टरनेटको चलन्चल्ती सँगै उ आफुलाइ पनि ईन्टरनेटको संसार् मा घुमाइरहन्छ । ईन्टरनेटको दुनिया बाट नै थुप्रै जानकारीहरु उसल...
Image
राम्रो मेक अपको लागि केही जानकारी

गाउँको पहिलो प्रेम

मनिष एउटा गाउँले केटा हो । मिलेको अनुहार साथै उसको शरीर पनि सुन्दर छ तर आचरण अलिक केटि जस्तो भएको केटा; झ्याल बाट लुकेर ह्यान्ड्सम्, आफू भन्दा थोरै सिनियर केटा लक्ष्मण बाटोमा हिडिरहेको हेरिरहन्छ । यसरी लुकेर लक्ष्मणलाई हेर्नू उसको दैनिकी जस्तै हो । हुन त दुबै टाढाको मान्छे हैनन् एउटै गाउँका छिमेकी; दुबै कम बोल्छन्। आ-आफ्नो सर्कलमा ठिकै बोले पनि यी दुई एकअर्का बिच भने मुस्किलले बोल्छन् । मनिष लजालु स्वभाव को छ भने लक्ष्मण अलि रिसालु स्वभावको ! मनिष नाच्न गाउन सिपालु भने लक्ष्मण खेलमा खास गरेर भलिबल मा च्याम्पियन । दुबै गाउँका टिनेजर केटाहरु बिहान घाँस दाउरा गर्नु र दिउँसो स्कुल जानू उनिहरुको दिनचर्या नै हो । मनिष बिहान घाँस काटेर फर्किदै गर्दा अगाडी केही पर बाटोमा लक्ष्मण पनि घाँस बोकेर आउँदै गरेको उसले देख्छ । अब मनिषलाई डर लाग्न थाल्छ, अनुहार पुरै रातो हुन्छ शरीर पनि काप्न थालेको उसले महसुस गर्छ ! लजालु स्वभावको मनिषलाई आफुलाई निकै मन पर्ने लक्ष्मण संग हेलो हाइ गर्न सधै पहाड फोर्नु जत्तिकै मुस्किल पर्छ । नजिकै आएपछि हल्का कामेको स्वरमा मनिष बोल्छ "कहाँ बाट ल्याएको यति राम्रो घाँस...