Posts

Showing posts from October, 2020

गाउँको पहिलो प्रेम

मनिष एउटा गाउँले केटा हो । मिलेको अनुहार साथै उसको शरीर पनि सुन्दर छ तर आचरण अलिक केटि जस्तो भएको केटा; झ्याल बाट लुकेर ह्यान्ड्सम्, आफू भन्दा थोरै सिनियर केटा लक्ष्मण बाटोमा हिडिरहेको हेरिरहन्छ । यसरी लुकेर लक्ष्मणलाई हेर्नू उसको दैनिकी जस्तै हो । हुन त दुबै टाढाको मान्छे हैनन् एउटै गाउँका छिमेकी; दुबै कम बोल्छन्। आ-आफ्नो सर्कलमा ठिकै बोले पनि यी दुई एकअर्का बिच भने मुस्किलले बोल्छन् । मनिष लजालु स्वभाव को छ भने लक्ष्मण अलि रिसालु स्वभावको ! मनिष नाच्न गाउन सिपालु भने लक्ष्मण खेलमा खास गरेर भलिबल मा च्याम्पियन । दुबै गाउँका टिनेजर केटाहरु बिहान घाँस दाउरा गर्नु र दिउँसो स्कुल जानू उनिहरुको दिनचर्या नै हो । मनिष बिहान घाँस काटेर फर्किदै गर्दा अगाडी केही पर बाटोमा लक्ष्मण पनि घाँस बोकेर आउँदै गरेको उसले देख्छ । अब मनिषलाई डर लाग्न थाल्छ, अनुहार पुरै रातो हुन्छ शरीर पनि काप्न थालेको उसले महसुस गर्छ ! लजालु स्वभावको मनिषलाई आफुलाई निकै मन पर्ने लक्ष्मण संग हेलो हाइ गर्न सधै पहाड फोर्नु जत्तिकै मुस्किल पर्छ । नजिकै आएपछि हल्का कामेको स्वरमा मनिष बोल्छ "कहाँ बाट ल्याएको यति राम्रो घाँस...