Posts

Showing posts from March, 2022

नजानेको प्रेम

"प्रेम" संसारकाे सबै भन्दा सुन्दर चिज हो । भनिन्छ प्रेम ईश्वरको रुप हो । जसलाइ केबल महसुस गर्न सकिन्छ । यसको न कुनै रुप हुन्छ न कुनै रङ्ग, न त यसको कुनै सिमा नै हुन्छ । सायद प्रेम नहुदो हो त यो संसार यो युग सम्म आइ पुग्दैन थियोे होला । यसको अनुभुति जति मिठो हुन्छ बिछोड को पिडा र अनुभुती त्यति नै नमिठो पनि हुन्छ । यसैले हामीलाई बाच्न सिकाएको छ र हामी मध्य कतिलाई मर्न बाध्य पनि गरेको छ । हामिले यसलाइ पुर्न रूपमा न जान्न सक्यौ न त बर्णन गर्न नै । यो संसार यसैको सेरोफेरोमा घुमिरहेको छ । प्रेमको बारेमा हामिले देख्दै, सुन्दै र आ-आफुले बनाएको धारणा भन्दा पृथक अनुभुति एक युवाले आफ्नो जीवनमा महसुस गर्छ । "सुमन" एउटा केटा जो गाउँमा हुर्किबढी पढाईको सिलसिलामा सहर पस्छ । बाह्र कक्षा पास गरे पछि सुमन काठमाडौमा बसेर स्नातक तहको पढाई गर्न थाल्छ । मनमोहन रुपको धनी अनि सधै हसिलो मुहार को रुपमा आफ्नो परिचय बनाएको उ आफुलाइ सधै खुला दिल र स्वतन्त्र बिचारधाराको मान्छ । ईन्टरनेटको चलन्चल्ती सँगै उ आफुलाइ पनि ईन्टरनेटको संसार् मा घुमाइरहन्छ । ईन्टरनेटको दुनिया बाट नै थुप्रै जानकारीहरु उसल...