Posts

Showing posts from February, 2023

समलिङ्गी जीवन र समस्याहरु

यस article मा समलिङ्गीहरुको साझा मुद्दा र त्यस माथी केही विचारहरु पस्कने प्रयास गरेको छु । मेरो उद्देश्य केबल यहाँहरुको ध्यानाकर्षण गर्ने जमर्को रहेको छ । आशा छ यहाँहरुले त्यो कुरा मनन गर्नुहुनेछ र आफ्नो अमुल्य बिचार प्रकट गर्दै comment गर्नुहुनेछ । १. आफ्नो पहिचान  :- यो एक सुरुवाती चरण हो । चाहेर या नचाहेर प्राय समलिंगीहरुले बचपनमा अथवा सानै देखि जिवनमा सुन्दै र फेस गर्दै जाने शब्द 'केटि जस्तो' या यस्तै यस्तै लान्छना तथा भेदभाव पुर्ण वचनहरुको सामना गर्नु पर्ने हुन्छ । कतिपय मानिसहरु त हिजडा, छक्का जस्ता मनमा पिडा दिने शब्दहरु पनि प्रयोग गर्न हिच्किचाउदैनन् । हामिहरु पनि म त्यस्तो होइन भन्ने कुरा प्रमाणित गर्नको लागि हरदम प्रयासरत रहने गर्छौ । यद्यपि, एक चोटि ठन्डा दिमागले सोच्नु पर्ने हुन्छ कि कुनै पुरुषले आफू मर्द हु भन्ने कुरा उसले देखाउनु पर्दैन । जो प्रकृतिक रुपमै आउने गर्दछ । त्यसरी नै समलैङ्गिकता पनि प्राकृतिक रुपमै आउने गर्दछ । त्यसो भन्दैमा आफुले आफुलाइ सानो सोच्नु चाहिँ पक्कै पनि गलत हो । म अरु भन्दा फरक छु, मेरो स्वभाव फरक छ, अथवा मलाइ केटि होइन केटाहरु नै मन पर्छ भ...