एक रोमान्चक प्रेम काहानी ।

"ल ल म भोलि काठमाडौं आउदै छु अब उतै भेट्नु पर्छ ल ब्रो" यत्तिकैमा ढोकामा ढक् ढक् गरेको आवाज आउँछ । "प्रताप"  " हजुर मम्मी" हट्पट् प्रताप ढोका खोल्छ । "कति फोनमा बोलिराखेको राती सम्म ? कहिले फोन कल, कहिले भिडियो कल । भोलिको बिहानैको टिकट छ, बिहानै उठ्नु पर्छ, बेलैमा सुत्नु पर्दैन ?" "सबै चाहिने सामान प्याक गरिस् ?" "गरे मम्मी अब सुत्न लागेको बिहान छिट्टै उठाइदिनु ल मम्मी" "हुन्छ सुत अब" भनेर प्रतापको मम्मी जानुहुन्छ ।

बिहान सबेरै उठेर प्रताप नुहाइसके पछि काठमाडौं जानको लागि तयार हुन्छ । मम्मी भन्नुहुन्छ " काठमाडौं तैले त्यति नचिनेको ठाउँ हो । दिदी ले सबै कुराको व्यवस्था गरिदिन्छे, धेरै नडुल्नु, बिहे भएको दिदिको घर हो । धेरै दुख नदिनु; राम्ररी पढ्नु; अब जा बुटवल बस पार्कमा सात बजे सम्म पुग्नु पर्छ ।" "हुन्छ मम्मी केइ चिन्ता नगर्नु" त्यस पछि परिवार सँग बिदावारी भएर प्रताप ट्याक्सी चढेर बस पार्क तिर लाग्छ ।

बस पार्कमा पुग्दा काठमाडौं को बस तयार हुन्छ । प्रताप बसमा चढ्छ । सामानहरु मिलाएर राखे पछि प्रताप हेड फोन लगाएर बिस्तारै गित बजाएर आफ्नो सिट्मा बस्छ । बिस्तारै उसको मनमा कुरा हरु खेल्न थाल्छ । काठमाडौं पुगे पछि ब्लुडमा भेटेको यतिधेरै कुरा मिल्ने साथी सँग सँगै कलेज पढ्दै छु । कति रमाइलो हुन्छ होला । आखिर "गे" एपहरुमा भेटेको राम्रो साथी त्यही एउटा सरोज न हो । अरु त सबै सेक्सको पछाडी दौडिनेहरु मात्रै । काठमाडौं त्यति ठूलो सहरमा थुप्रै "गे" हरु छन् कोइ न कोइ राम्रो साथी त भेटिएला नि । तर नाइ म त आफ्नो पढाईलाई पहिलो प्राथमिकता दिन्छु । दिदी को घरमा थाहा पाए भने मलाई गह्रो पर्छ । पहिला पढाई सकेर कतै सेटल भए पछि त केही डर हुँदैन । मनमा अनेक कुराहरु खेलाउदै प्रताप काठमाडौं पुग्छ ।

काठमाडौं बस पार्क पुग्नै लाग्दा प्रतापले दिदी लाई फोन गर्छ म आइ पुग्न लागे भनेर । दिदिले भन्नू हुन्छ "ल ल तँ बस पार्कमै ओर्लेर बसिराख्नु म सम्राट बाबुलाइ लिन पठाइ दिन्छु; धेरै टाढा छैन ।" बस पार्क मा ओर्ले पछि अलमल परेर प्रतापले दिदिलाइ फोन गर्नै लाग्दा एउटा नयाँ नम्बर बाट फोन आउँछ । उसले फोन उठाउँछ । फोनमा आवाज आउँछ मैले तिमिलाइ देखिसके दायाँ पट्टि हेर त म निलो ज्याकेट मा छु । प्रताप सम्राट भए तिर जान्छ । नजिकै पुगे पछि प्रताप सम्राटलाई नमस्ते भन्छ । सम्राट भने प्रतापलाई हात मिलाउँन हात अगाडी बढाउँछ । अग्लो, खाइलाग्दो अनि एकदम फिट् बडि भएको, हल्का दाह्रीले अझै लोभलाग्दो झट्ट हेर्दा कुनै मोडल जस्तो ह्यान्ड्सम केटाले हात दिदा प्रताप अलि हड्बडाउँदै हात मिलाउछ । उनिहरु प्रतापको सामान सम्राटको गाडीमा राखेर गाडीमा बस्छन् । सम्राटले प्रताप तिर हेरिहहन्छ र भन्छ 
"अरे तिमी त चार बर्ष अगाडि देख्दा पनि उस्तै थियौ । त्यति खेर भर्खर पन्ध्र वर्ष लाग्दा जस्तो थियौ अहिले पनि खासै फरक देखिदैनौ त । दाह्री जुँगा पनि देखिदैन; के खाने गर्छौ ? एकदमै क्युट देखिन्छौ; दुधले नुहाउँछौ क्या हो ?" 
प्रताप हल्का हासिदिन्छ अनि भन्छ "त्यस्तो कहाँ हुन्छ"
सम्राट्ले गाडी स्टार्ट गर्छ । बिस्तारै गाडी हाक्दै भन्छ "मेरो ब्रो त भाउजूलाई देखे पछि भाउजूको बिउटीमा पागल जस्तो भएर पछि लागेर बिहे गर्नु भा'को थियो । तिम्रो फेस पनि धेरै भाउजू सँग मिल्दोजुल्दो छ । के गर्नु साली भएको भए कस्सम अहिले नै प्रपोज गरिदिन्थे ।"
प्रतापलाई हल्का लाज अनि अफ्ठ्यारो पनि महसुस हुन्छ र भन्छ । "हैट दादा । हजुर यति ह्यान्ड्सम हुनुहुन्छ गर्लफ्रेन्डको त लाइन छ होला नि । पहिला फोटोमा देख्दा त अलिक पातलो देखिनु हुन्थ्यो त?" सम्राट मुस्कुराउदै बोल्छ "अँ अहिले टेन् मन्थ् जति भयो जिम् ज्वोइन् गरेको; पहिला दुई जना सँग ब्रेक अप भयो अहिले थर्ड वाली उनिहरु भन्दा हट जि. एफ. घुमाइरा'को छु ।
प्रताप हास्दै बोल्छ । "तैत् दादा त बोकै रैछ नि"  सम्राट बोल्छ "अनि बोका भएर जन्मे पछि के हुन्छ त ? तिमी पनि त बोका नै हो नि, कि होइन ?" भनेर हासिदिन्छ ।
प्रताप अलिक लजाउछ अनि भन्छ "मेरो त उमेर हुँदै छ नि दादा " प्रतापलाइ याद आउँछ कि उसलाई त एघार बाह्र पढ्दा सबैले "क्युटी पाई" भनेर बोलाको । सोच्छ 'मलाई त सबैले मर्द भन्दा पनि बच्चा जस्तो व्यबहार गर्छन् । अझै फेसबुक चलाउदा ब्लुड एपको विज्ञापन देखेर, डाउनलोड गरेर चलाए पछि त झन् सोचाइ नै बेग्लै भएको छ । यस्तो कुरा कसैलाई थाहा पाउन दिनुहुन्न बरु बाबा, मम्मी सँग सल्लाह गरेर छिट्टै होस्टेल सर्नु पर्ला । कुरै कुरामा उनिहरु सम्राटको घरमा अथवा प्रतापकी दिदी को घरमा पुग्छन् ।

घरमा पुग्दा प्रतापकी दिदी निकै खुसी हुन्छिन् । प्रताप पनि निकै खुसी हुन्छ । उसले सानो भान्जालाइ देख्छ अनि "भान्जा बाबू भनेर उठाउछ; गालामा मोइ खान्छ र गोजि बाट चाकलेटहरु निकालेर दिन्छ । सम्राटको मम्मिलाइ नमस्ते गर्छ । सम्राट को बुबा पहिलेनै बितिसकेको हुनाले घरमा सम्राट्को मम्मी, भाउजू अर्थात् प्रतापकी दिदी अनि सानो भान्जा हुन्छन् । सम्राटको दाजु अर्थात् प्रतापको भिनाजु चाहिँ कामको सिलसिलामा बिदेशमा हुन्छन् । सबै परिवार सँगको केही समयको औपचारिक भेटघाट र कुराकानी पछि प्रतापलाइ सम्राट् को कोठामा बस्ने व्यवस्था मिलाइन्छ । कोठा दुबैले एउटै सेयर गरे पनि बेड भने अलग-अलग हुन्छ । सम्राट पनि खुशी हुन्छ । साझ परिसकेको हुन्छ प्रताप फ्रेश भएर खाना खाइसके पछि दिनभरको यात्राको थकाइले गर्दा चाँडै निदाउछ ।

भोलि पल्ट बिहान उठेपछि सम्राट् जिम जान्छ । प्रतापलाइ चाहिँ कोठा डेकोरेट गरेर सजाउन र खाना पकाउन निकै मन पर्ने हुनाले उ कोठामा सम्राटले छरपस्ट फालेको सामान हरु र आफ्नो सामानहरु मिलाउन थाल्छ । सम्राट स्नातक तहको पढाइ सकेपछी आइ.एल.टि.एस. को तयारी गरिरहेको हुन्छ । फुर्सदमा सम्राट साथिहरु सँँग फुट्बल खेल्न जान्छ । त्यस दिन सम्राट दिन भरी ब्यस्त रहन्छ ।

साझ प्रताप भने भान्छामा दिदिलाइ सघाउन किचन तिर लाग्छ । त्यस साझको खाना प्रतापले बनाउछ । खाना बनाइ सकेर प्रताप कोठामा पुग्छ र कोठामा सँगै रहेको बाथरुममा ढोका खुलै छोडेर ऐना अगाडी उभिन्छ र मुख धुन थाल्छ । त्यही बेला सम्राट कोठामा आइपुग्छ । फुट्बल खेलेर  पसिनाले भिजेको सम्राट "के छ प्रताप" भन्दै बाथरुममा छिर्छ । प्रतापले "ए दादा आइपुग्नु भयो" भन्दै गर्दा सम्राट चाहिँ सु सु गर्न थाल्छ । प्रतापलाई अलि अफ्ठ्यारो लाग्छ अनि सम्राट तिर नहेरी बोल्छ "दादा खाना रेडि छ अब खाना खान ओर्लिनु पर्छ ल" सम्राटले पाँच मिनेट पर्ख, म नुहाउछु भन्छ । "ओके" भनेर प्रताप बाथरुम बाट निस्किन्छ र बेडमा बसेर मोबाइल चलाउन थाल्छ ।

केही बेरमा बाथरुम बाट सम्राट कराउछ "प्रताप मलाइ टावेल देउ त" प्रताप हातमा तावेल लिएर बाथरुमको ढोका अगाडि उभिएर "दादा" भन्छ । सम्राटले ह्वात्तै ढोका खोल्छ । सम्राटलाई आफ्नो अगाडि सर्बाङ्ग नाङ्गै देखेर प्रतापको होस उड्छ अनि अक्क न बक्क परेर उभिन्छ । सम्राटले प्रतापको हात बाट तावेल लिन्छ र टाउको पुछ्न थाल्छ । नचाहदा नचाहदै पनि प्रतापको नजर सम्राटको गोप्य अङ्गमा पर्छ । प्रताप हतार हतार बेड तिर आउँछ र सोच्छ 'कस्तो लाज नभा'को' । एकै छिनमा सम्राट बाथरूम बाट निस्किन्छ अनि उसले बेरेको टावेल फुकालेर पेन्टी लगाउछ । अनि टि-सर्ट र हाफ पाइन्ट लागाएर प्रतापलाइ जाउँ भन्छ । रातो पिरो भएको प्रताप चुपचाप निस्किन्छ । 

सबै जना खाना खान बस्छन् । आजाको खाना प्रतापले बनाएको हो खै कस्तो भयो भन्दै प्रतापकी दिदिले पस्किदिन्छिन । सम्राटले पहिलो गाँस खादा निकै स्वादिलो मानेर एक्छिन सम्म प्रताप तिर हेरिरहन्छ । प्रताप भने अफ्ठ्यारो मानेर चुपचाप खाना खान्छ । प्रतापको हातको खाना सबैलाइ मन पर्छ । रमाइला गफहरु गर्दै खाना खाइसके पछि प्रताप र सम्राट आफ्नो कोठामा पुग्छन् ।

कोठामा पुगेपछी सम्राटले प्रतापलाइ "कुकिङ्ग त दामी आउदो रैछ त" भन्छ । सम्राट जस्तो ह्यान्ड्सम हङ्कलाई नाङ्गो देखेर मन नै कस्तो कस्तो भएको प्रताप सामान्य देखिने प्रयास गर्दै "थ्याङ्क्स दादा" भन्छ । एकछिन आफ्नो-आफ्नो मोबाइल चलाए पछि प्रताप मोबाइल छोडेर बाथरुम भित्र पस्छ । प्रताप बाथरुम भित्र छिरेपछी उसको मोबाइलमा फोन आउँछ । दोस्रो चोटि पनि मोबाइलमा घन्टी बजेपछी सम्राटले फोन उठाइदिन्छ र हेलो भन्छ । उता बाट आवाज आउँछ ।
"ओए कुटि पाई कति बिजि हो ।"
सम्राट बोल्छ "तिम्रो क्युटी पाई बाथरुम गा'को छ । केइ छ भने भन म भनिदिन्छु"
"ए ठिकै छ । म पछि कल गर्छु" भनेर फोन राखिदिन्छ । एकछिन पछी  प्रताप बाहिर निस्किन्छ ।
सम्राट मुस्कुराउदै बोल्छ । "ओ क्युटी पाई तिम्रो फोन आ'को थियो ।
"प्रताप अलिकति हड्बडाउदै "दादा मेरो फोन नचलाइदिनु न भन्छ ।
सम्राट भन्छ " तिम्रो फोन मैले उठाउदा चाहिँ के हुन्छ । म सँँग लुकाउन पर्ने कुरा के छ र ?"
प्रताप चुपचाप आफ्नो बेड्मा जान्छ र च्याटिङमा ब्यस्त रहन्छ । सम्राट पनि आफ्नो मोबाइल र हेड फोन लिएर बस्छ र बेला बेला प्रताप तिर हेरिरहन्छ । थुप्रै बेर च्याटिङ गरेर बसे पछि सम्राट प्रतापलाइ भन्छ "त्यो बेकारको च्याटिङ गरेर नबस बरु टाइम मै सुत" प्रतापले भन्छ "हुन्छ दादा अब सुत्ने ।"

समय बित्दै जान्छ; प्रताप आफ्नो स्नातक तहको पढाई काठमाडौंको एक पसिद्ध कलेजमा सुरु गर्छ । ब्लुड्मा भेटेको साथी सरोज सँगै पढ्ने र घुम्ने गर्न थाल्छ । सरोज र प्रताप निकै मिल्ने साथी हुन्छन् । सम्राट उसको गर्ल फ्रेन्ड सँँग घुम्ने र गेम खेल्ने गरिरहन्छ । घरमा आउँदा सम्राट प्राय: आफ्नो सानो भतिजा र प्रतापको लागि चकलेट, कुकिज लगाएतका कुराहरु ल्याइदिने गर्छ । कहिलेकाहीँ बाटो पर्दा अनि फुर्सद हुदा सम्राट प्रताप लाई कलेजमै लिन र पुर्याउन पनि जान्छ । यसरी ह्यान्ड्सम् केटा प्रतापलाइ लिन र पुर्याउन गएको देखेर सरोजले प्रतापलाइ जिस्क्याउन थाल्छ "के हो तेरो हिरो त मेरो नयाँ बोइफ्रेन्ड भन्दा पनि ह्यान्ड्सम छ त । कहाँ लुका'को थिइस ?"
प्रताप भन्छ "शट अप बिच त्यो मेरो दिदिको देवर हो । यस्तो कुरा थाहा पायो भने बिल्ला हुन्छ ।"
"सरोज भन्छ "के भो त भिनाजु कै भाइ त परेछ नि हक नै लाग्छ नि"
प्रताप ले "जे.पि.टि." भन्छ; अनि दुबै हास्दै कक्षा तिर लाग्छन् ।

एक दिन राती ढिलो सम्म सम्राट घरमा आउदैन । सम्राटको फोन पनि लाग्दैन । घरमा सबै जना चिन्ता मान्छन् । केही बेरमा सम्राटको मम्मिलाइ सम्राट्को एक साथिको फोन आउँछ; भन्छ "आन्टी हामी साथीहरु सानो गेट-टुगेदर गर्दै छौ घरमा आउँदा ढिलो हुन्छ । सम्राटको मोबाईल ब्याट्री डाउन भएर अफ छ । खाना खाएर सुत्नु होला ।" सम्राटले कहिलेकाहीँ यस्तो गर्ने हुनाले घरमा सबै खाना खाएर सुत्छन् । प्रतापलाइ भने निद्रा लाग्दैन । उ सम्राटको बाटो हेरिरन्छ । रातको करिब साढे बाह्र बजे तिर गाडीको आवाज आउँछ सँगसँगै सम्राटको साथीको कल पनि आउँछ । प्रताप हट्पट् फोन उठाउछ । फोनमा उसको साथिले गेट खोल्न भन्छ । प्रताप बिस्तारै गएर गेट खोलिदिन्छ । गाडी सम्राटको साथिले चलाएको रहेछ । सम्राट चाहिँ निकै ड्रन्क अवस्थामा हुन्छ । उसको साथिले सम्राट्लाइ बिस्तारै लगेर सुताउ भन्छ र उ गाडी राखेर, त्याक्सी लिएर फर्किन्छ ।

जिम गरेर ठूलो र कसिलो ज्यान भएको सम्राटलाई प्रतापले समातेर बिस्तारै कोठामा पुर्याउछ । प्रतापले सम्राटलाई पानी पिलाउछ । सम्राटको हालत एकदम खराब भएको देखिन्छ । उसले म नुहाउछु भन्छ र बाथरुम जान खोज्छ । उ ढलमलाएको देखेर प्रतापले उसलाई बाथरुममा पुर्याइदिन्छ । सम्राट लुगा खोल्न थाल्छ तर उ आफ्नो सर्ट को बटनमा अल्झिन्छ । सम्राटले प्रतापलाई आफ्नो सर्ट्को बटन खोल्न मदत गर भन्छ । प्रताप अलिक हिच्किचाउदै बटन खोल्न थाल्छ । "तिमी मलाई नुहाउन मदत गर बरु तिमी पनि आफ्नो लुगा खोल नत्र भिज्छौ" भन्छ । फेरि भन्छ "अरे किन लाज मान्छौ तिमी केटि थोडी न हौ ।" त्यस पछि प्रतापलाइ मनमा लाग्छ अनि उ पनि आफ्नो लुगा फुकाल्न तिर लाग्छ । प्रताप एउटा बक्सरमा हुन्छ र सम्राट तिर फर्कन्छ सम्राट भने पेन्टी समेत खोलेर पाइन्ट पैताला मा निकाल्ने कोशिश गरिरहेको हुन्छ । अब प्रतापको ढुकढुकी बढ्न थाल्छ र लामो लामो सास लिन थाल्छ ।

"अरे हेल्प गर न यार" भनेको सुनेर प्रताप हड्बडाउदै उसको पाइन्ट निकाल्न मद्दत गर्छ । आफ्नो नजर उसको गोप्य अङ्ग मा नपरोस् भनेर प्रताप पाइन्ट मा मात्रै फोकस् गरेर उसको लुगा फुकाली दिन्छ । त्यस पछि पानी खोलेर दुबै जना नुहाउन थाल्छन् । सम्राट आफ्नो ढाडमा साबुन लगाइदिन सम्राटलाई अह्राउछ । प्रताप पनि आफू "गे" नभएको र उ सँग नुहाउदा आफुलाइ केहि फरक नपरेको जस्तो देखाउनको लागि सामान्य हुन खोज्दै बिस्तारै सम्राट को सरिरमा साबुन लगाइ दिन्छ । नुहाइसके पछि टावेल ले पानी पुछ्न थाल्छ । प्रतापलाई भित्र भित्रै लाज लागेको हुन्छ अनि लाजले उता पट्टि फर्केर टावेलले कापाल पुछ्दै हुन्छ । त्यसै बेला सम्राटले ल्वात्तै प्रतापको बक्सर तानी दिन्छ । प्रताप आत्तिदै "दादा के गरेको" भन्दै बक्सर लगाउन घोप्टो पर्छ । सम्राट "अबे यार सरि" भन्दै आफ्नो टावेल प्रतापको कम्मरमा राखिदिन्छ । सम्राट बोल्छ "भिजेको बक्सर लगाउनु पर्दैन; एनिवे यु ह्याव नाइस बट् भन्दै" हल्का मुस्कुराउछ । प्रताप लाज मान्दै कम्मरमा टावेल बेर्छ र आफ्नो टावेल सम्राटलाई बेर्न दिन्छ ।

नुहाइसके पछि प्रताप सम्राटको कसिलो हात समातेर उसको बेड सम्म पुर्याइदिन्छ । "दादा किन यति धेरै पिएको" भनेर सोध्छ ।
सम्राट भन्छ "आज मेरो जि.एफ. सँग ब्रेक अप भयो । मलाई टाइम दिएन भनेर किचकिच गर्न थालेकी थिइ । आज अर्कै केटा सँग घुमिरा'को रै'छ । झगडा भयो अनि कुरा ब्रेक अप सम्म पुग्यो ।" अनि मन भुलाउन साथिहरु सँग रेस्टुरेन्ट गा'को ।" "प्रताप आउ आज म सँगै सुत आज म अलि नराम्रो फील गरिरा'को छु भनेर प्रताप लाई तानेर उसको अङ्गालोमा सुताउछ र टोलाउन थाल्छ ।
प्रताप बोल्छ "दादा यस्तो पनि लभ रिलेसनसीप हुन्छ । म त आफुले माया गरेको मान्छेलाई कहिलै छोड्दिन; सधै साथ निभाउछु"
सम्राट प्रतापलाई हेर्छ र मुस्कुराउछ अनि बोल्छ "लभ परेको छ कसै सँग ?"
सम्राट बोल्छ "कुनै दिन पर्लानी त दादा हाम्रो पनि"
सम्राट फेरि टोलाउन थाल्छ केही बेरमा उ निदाउछ । प्रताप भने सम्राटको बलिस्ठ बाहुपासमा एक सुकुनको अनुभुति गरेर आनन्द मानेर बसिरहन्छ । एक्छिनमा प्रतापलाइ लाग्छ । आज सम्राट एकदम नशामा छ भोलि होस् मा आए पछि मलाइ के भन्छ होला भनेर अनि बिस्तारै सम्राटको हात हटाउछ अनि उठेर आफ्नो लुगा लगाएर आफ्नो बिस्तरामा सुत्छ ।

दुबै जना बिहान ढिलो सम्म सुत्छन् । पहिला प्रतापको निद्रा खुल्छ अनि हतार हतार उठेर सम्राट तिर हेर्छ । सम्राटको टावेल फुस्केको हुन्छ उ सर्बाङग नाङ्गै हुन्छ । प्रतापको नजर सम्राटको गुप्ताङ्गमा पर्छ । निकै ठूलो अनि उत्तेजित अवस्थामा सम्राटको गोप्य अङ्ग देखे पछि प्रताप आत्तिन्छ र हतार हतार ब्ल्याङ्केट तानेर ओढाइदिन्छ । अनि किचन तिर लाग्छ । ढोका लगाएको आवाजले सम्राटको निद्रा खुल्छ अनि फ्रेस हुन बाथरुम पस्छ । सम्राट बाथरुम बाट निस्कदा प्रताप कागती पानी लिएर कोठामा आइसकेको हुन्छ । प्रताप बोल्छ "दादा हजुर हिजो एकदम ड्रङ्क हुनुहुन्थ्यो कागती पानी पिउनु ।" सम्राट प्रतापको गाला चिमोट्दै बोल्छ "बुढीले जस्तो केयर नगर है मेरो बानी बिग्रीन्छ" अनि कागती पानी एकै सास मा पिउछ । प्रताप बोल्छ "ह्या दादा पनि झन् बुझेर हेल्प गरिराखेकोछु" 

समय बित्दै जान्छ सम्राट प्राय: प्रतापलाइ कलेज लिन र पुर्याउन गैरहन्छ । प्रताप बेलबेला सरोज सँँग घुम्न निस्किरहने गर्छ । उसको अरु पनि थुप्रै गे साथीहरू बन्छन् तर अब उसलाइ उसको प्रेमी सम्राट जस्तै होस् भन्ने लाग्छ त्यसैले सबै जनालाई उ साथी मात्रै ठान्छ । केही केटाहरु भने प्रताप प्रती निकै आकर्षित हुन्छन् । यसरी उ सरोज सँग घुमिरहदा सम्राट भने उसलाइ किन र कहाँ गएको भनेर सोधपुछ गरिरहन्छ । प्रताप भने केही न केही बहाना गरिदिन्छ ।

एकदिन सरोजको बर्थ डे आउँछ । सरोजले मिल्ने-मिल्ने गे साथिहरु सँँग ठमेलको एउटा रेस्टुरेन्टमा बर्थ डे सेलिब्रेसन को प्लान गर्छ सबै जना बेलुका पाँच बजे त्यहा भेट्ने सल्लाह गर्छन् । प्रताप कलेज सकेपछी सरोजको लागि बर्थ डे गिफ्ट किन्न एक्लै जान्छु भनेर सोच्छ । यत्तिकैमा सम्राटको कल आउँछ । फोनमा उ बाटोमा परेको र प्रतापलाइ पिक अप गर्न आउन लागेको कुरा बताउछ । प्रताप भने नाइँ आज न आउनु मेरो एक्छिन काम छ म छिट्टै घरमा आइपुग्छु भन्छ ।

त्यस पछि प्रताप त्याक्सी लिएर दरबार मार्ग पुग्छ र एउटा पसलमा गएर सरोजको लागि आकर्षक उपहार किन्छ । पसलमा प्रतापको नजर एउटा औँठी मा पर्छ जुन हिरा जडित हुन्छ र निकै नै आकर्षक हुन्छ । उसले आफ्नो साइली औलामा लगाउछ । औँठी ठिक्क मिल्छ अनि सहुजिलाइ मूल्य सोध्छ । साहुजीले दस हजार बताउछ । प्रतापले मुख बिगार्छ र भन्छ "दाइ म सँग अहिले पैसा पुग्दैन म भोलि या पर्सि सम्ममा यो लिन आउछु राख्दिराख्नु ल ।" सहुजीले हुन्छ भन्छ । त्यस पछि प्रताप पुन त्याक्सी लिएर घर तर्फ लाग्छ ।

प्रताप घरमा पुगेको एकछिन पछि सम्राट पनि घरमा आइपुग्छ । कोठामा पुगेर प्रतापलाइ सोध्छ "तिमी कहाँ गएको ?" भनेर । प्रताप "आज मेरो साथिको बर्थ डे छ सो उसलाइ गिफ्ट किन्न गएको" भनेर जवाफ दिन्छ । सम्राटले टाउको हल्लाउछ र भन्छ "म पुर्याइदी हाल्थे नि जहाँ गएपनी" सम्राट को कुराले प्रतापलाइ दिक्क लाग्छ उसलाई लाग्छ कि आजभोलि सम्राटले उसलाई कन्ट्रोल गर्न खोजिरहेको छ भनेर अनि बोल्छ । "अनि म जता जता गयो उतै उतै हजुरलाइ बोलाएर साध्य लाग्छ त?" 
सम्राट बोल्छ "अरे झन मायाले भनिरा'को छु बुझ्नु छैन" त्यस पछि प्रताप बाथरुम भित्र पस्छ । सम्राट पनि फुटबल खेल्न निस्किन्छ ।

दिन ढल्न लाग्दा सम्राट निकै सजिएर घरमा दिदी र सम्राटको मम्मीलाई म बर्थ डे मा जान लागेको फर्किदा ढिलो हुन्छ होला भनेर घर बाट निस्किन्छ । अनि ठमेल तिर लाग्छ । साझ परे पछि सम्राट घर फर्कन्छ । प्रताप यसरी राती घरमा नभएको पहिलो चोटि भएको हुनाले सम्राटलाई घर सुनसान लाग्छ । मन नलागी नलागी धोरै खाना खाएर कोठामा पुग्छ । मोबाईल हेर्न थाल्छ । उसलाई कतै मन लाग्दैन । रातको दस बजिसक्दा पनि प्रताप घरमा नआएको कारण सम्राट प्रतापलाई फोन डायल गर्छ । प्रतापले फोन उठाउछ र बोल्छ "हेलो दादा म साथीहरु सँग छु एकदम रमाइलो भैरा'को छ । मलाई ढिलो हुन्छ होला म आज यतै साथिहरु सँग बस्छु ।"
सम्राट बोल्छ "कहाँ हो तिमी ?"
प्रताप भन्छ "हामी आज सबै साथिहरु क्लब आइपुगेउँ"
सम्राट "कुन क्लब?" प्रतापले एउटा प्रख्यात डिस्को को नाम लिन्छ । डिस्को को आवाज र साथीहरूको हल्लाले गर्दा फोन को आवाज सुन्न छोड्छ । अनि प्रतापले "ल दादा बाइ अब आवज सुन्न छोड्यो" भनेर फोन राखिदिन्छ । उता सम्राटलाई घरमा बस्नै मन लाग्दैन । र उठेर लुगा लगाउछ अनि गाडी लिएर क्लब तिर लाग्छ ।

सम्राट क्लब पुग्छ क्लब भित्र निकै भिड हुन्छ । उसले प्रतापलाइ खोज्छ; प्रताप साथिहरु सँग निकै खुसी भएर नाचिरहेको देख्छ; उ अलिकती ड्रङ्क देखिन्छ र डिस्को को लाइटमा झन क्युट लाग्छ सम्राटलाई । सम्राट सोफामा बस्छ र एकटकले प्रतापलाइ हेरिरहन्छ । यत्तिकैमा उनिहरुको साथीहरू मध्य एकजनाले प्रतापको हात समात्छ अनि अर्को हातले उसको कम्मरमा समात्छ र नाच्न थाल्छ । यो सब हेरिरहेको सम्राट जुरुक्क उठ्छ र बारमा गएर एउटा बियर किन्छ र सरासर प्रतापको छेउमा पुग्छ र प्रतापको कानमा बोल्छ "हेइ क्युटी पाई" प्रताप झस्किन्छ र हट्पट साथिको हात हटाउछ र सम्राटलाई हेर्छ । सम्राटले देब्रे हात प्रतापको गालामा राख्छ र बोल्छ "यु लुक टु क्युट" अनि क्यान बियर प्रतापको हातमा ठम्याइ दिन्छ र भन्छ "ल यो लिउ.. चील बेबि" प्रताप सम्राट को हातमा समातेर सोफा तिर तानेर ल्याउछ । अनि "हजुर किन आएको यहाँ ?" भनेर सोध्छ । सम्राटले "तिमिलाइ लिन" भनेर जवाफ दिन्छ । त्यसो भए हिड्नु जाउँ भन्छ । सम्राट एकछिन नाचौन भन्छ र प्रतापको हात समातेर नचाउन र आफू पनि नाच्न थाल्छ । नाइ भन्दै प्रतापले सम्राट्को हात हटाउछ र बियर लगेर नाच्दै गरेको सरोजलाई दिन्छ । त्यो देखेर सम्राट थप दुई ओटा बियर किन्न जान्छ । एकै छिनमा प्रताप सबै साथिहरु सँग बिदावारी भएर सम्राटको छेउ मा आएर दुबै हातमा बियर समातेको सम्राटलाई जाउ भन्दै तान्न थाल्छ । सम्राट "किन ? के भयो" भन्दै प्रताप सँगै निस्कन्छ । प्रतापले "आजलाइ इन्जोए पुग्यो भन्छ ।" सम्राटले प्रतापको एकैछिनमा मलिनो भएको अनुहारमा हेर्छ अनि "जाउँ" भनेर गाडी पर्किङ्ग गरेको ठाउँमा लिएर जान्छ ।

सम्राटले गाडीको ढोका खोल्छ र प्रतापलाइ बस भन्छ । प्रताप चुपचाप गाडीमा बस्छ । सम्राट पनि गएर गाडीको अर्को ढोका खोल्छ र भित्र पस्छ । उसले प्रतापको अनुहारमा हेर्छ । प्रताप घोप्टो सिर गरेर बसिरहेको हुन्छ । प्रताप आफू "गे" रहेको कुरा आफ्नो आफन्तहरु कसैले पनि थाहा नपाओस भन्ने सोचिरहेको बेला यसरी सम्राट्ले अकस्मात थुप्रै समलिङ्गी सथिहरुको बिचमा देखेकोले निकै चिन्तित हुन्छ । तर उ सम्राट्लाइ केइ नराम्रो भन्न सक्दैन र सम्राट बाट टाढा रहन पनि नसक्ने अनुभुती गरिरहेको हुन्छ । सम्राटले गाडी स्टार्ट गर्छ र चलाउन थाल्छ । एक्छिनमा सम्राट बोल्छ "म आको मन परेन हो ? सायद मैले तिमिलाइ डिस्टर्ब गरे आइ एम सरि" भन्छ । यति भन्ने बित्तिकै प्रताप सुक्क सुक्क रुन थाल्छ । सम्राट "ल ल ल .. के भो ? किन रोएको ?" भन्दै गाडी साइड लगाउछ । अनि गाडी रोकेर निस्किन्छ अनि गएर प्रतापको ढोका खोली दिन्छ र हातमा समातेर प्रतापलाइ बाहिर निकाल्छ । अनि आँसु पुछिदिदै सडक किनारामा पेटिमा प्रतापलाइ बसाल्छ अनि आफू पनि आडैमा बस्छ अनि बिस्तारै एउटा हातले प्रतापको कपाल सुम्सुम्याउदै "आइ एम सरि" भन्छ र प्रतापको गालामा चुम्बन गरिदिन्छ । प्रताप भने अझै रोइरहन्छ ।

एकछिनमा सम्राटले प्रतापको दुबै गाला मा हात राख्छ र प्रतापको अनुहार आफू तिर फर्काउछ । आँसु ले भरिएका प्रतापको नयन झुकी रहेको हुन्छ । "तिमिलाइ थाहा छ म तिम्रो किन पिछा गरिरहेको छु ? बिकज आइ लभ यु" अब प्रतापको नजरले सम्राटको नजरमा नियाल्छ । सम्राट फेरि बोल्छ "एस आइ लभ यु भेरी मच.. डु यु लभ मी ?" प्रताप आस्चर्यमा पर्छ उसलाइ यहाँ के भैरहेको छ जस्तो लाग्छ उसले रुन बिर्सिन्छ, केही बोल्दैन मात्र एकोहोरो सम्राटलाई हेरिरहन्छ । जवाफ खोजिरहेको सम्राट बोल्छ "ओके पछि सोचेर भन ... खासमा म सँग रोज पनि छ ।" यति भनेर उसले खल्ती बाट मुस्कुराउदै एउटा गुलाफको फुल निकाल्छ र मुस्कुराउदै दुबै हातले प्रतापलाई दिदै भन्छ "आइ लभ यु माइ क्युटी पाइ" प्रताप एक पलको लागि आँखा चिम्लन्छ; लाग्छ यहि सुन्नको लागि उसका कानहरु तड्पिरहेका थिए पलभरमा आँखा खोल्छ र फेरि सम्राटलाइ हेरिरहन्छ । सम्राटले फुल लिउँ न भने पछि उ चुपचाप फुल लिन्छ । "म सँँग तिम्रो लागि एउटा प्रेजेन्ट पनि छ आँखा चिम्ल भन्दै गोजिमा हात हाल्छ तर प्रताप भने हेरिरहन्छ । 
"अरे आँखा चिम्ल न" भन्दै उसले एउटा हात प्रतापको आँखा माथी राखी दिन्छ । र गोजि बाट एउटा सानो बक्स निकालेर प्रतापको हातमा राखिदिन्छ । अनि मुस्कुराउदै भन्छ "के होला यो खोलेर हेरन" प्रतापले बिस्तारै बक्स खोल्छ । त्यस भित्र दिउँसो उसले रोजेको औँठी थियो अब फेरि उसले आश्चर्य जनक मुद्रामा सम्राटलाई हेर्न थाल्छ । "दिउँसो तिमिले हेरेको यहि होइन ?" भन्दै त्यो औँठी निकालेर प्रतापको साइली औंलामा लगाइदिन्छ । "ल अब घर जाउँ थुप्रै कुरा गर्नु छ" भनेर प्रतापको हात समातेर गाडी मा बसाउछ । त्यस पछि आफू पनि गाडी भित्र बस्छ र गाडी हाक्न थाल्छ । प्रताप झ्यालबाट बाहिर हेरिरहन्छ झिलिमिली शहर आज निकै रमाइलो लाग्छ प्रतापलाइ स्वर्ग जत्तिकै । सपना हो कि बिपना जस्तै ।

घरमा आइसके पछि बेडमा प्रतापलाइ बसाल्छ र सम्राट पनि सँगै बस्छ । अघि क्लब मा किनेको दुई ओटा बियर हातमा लिन्छ र एउटा प्रतापलाई दिन्छ । प्रताप बोल्छ "हजुर पिउनुहोस् दादा मलाई पुग्यो; अघि देखि हजुर के के बोलिरहनु भा'को छ" सम्राटले बियरको ढकन खोल्छ र एक घुट्की पिउछ । अनि बोल्छ "खासमा तिमी गे भन्ने कुरा मलाइ सुरु देखि नै थाहा थियो ।" अब फेरि प्रताप सम्राटको मुखमा हेर्न थाल्छ । "तिमी आएको भोलि पल्ट मैले तिम्रो फोन रिसिभ गरे पछि तिम्रो मोबाइलमा मैले ब्लुडको नोटिफिकेसन् देखेको थिए । मलाई पहिले देखि नै केटा पनि मन पर्थ्यो म आफुलाइ बाइ सेक्सुअल जस्तो लाग्थ्यो सो ब्लुड म पनि चलाउथे तर सबै सेक्स को लागि मात्र कुरा गरेको देखेर म वाक्क भएर अकाउन्ट नै दिलिट गरिदिए । तिमिलाइ भेटे देखि म तिम्रै आसपास घुम्न थालेछु त्यसैले होला गर्ल फ्रेन्ड पनि टाढा भा'को । तिम्रो क्युटनेस, सोझो र सरल स्वभाव अनि तिम्रो केयरिङ नेचरले म थाहै नपाइ तिमी प्रति फिदा भैसकेछु । मेरो ब्रेक अप पछि पनि म तिम्रो आसपास हुदा खुसी रहेको देख्दा बिस्तारै मलाइ महसुस हुन थाल्यो कि मेरो मन, मस्तिष्कमा र मेरो दिलमा तिम्रो स्थान के रै'छ भनेर । म तिमिलाइ जिवनभर आफ्नो बनाउन चाहन्छु ।" प्रताप सम्राटले लगाइदिएको औँठी हेर्न थाल्छ । सम्राट फेरि बोल्छ "आज तिमी कलेज बाट निस्केर त्याक्सी चढ्दा म त्यहि नजिकै आइपुगेको थिए अनि तिमिलाइ फलो गर्दै म पसल सम्म पुगेको थिए तिमिले मलाइ देखेनौ तर म तिमिलाइ हेरिरहेको थिए ।"

अब बिस्तारै प्रतापलाई सबै कुरा बुझे जस्तो लाग्छ । उसको खुसिको कुनै सिमाना रहदैन । प्रताप सम्राटको काखमा टाउको राखेर पल्टिन्छ अनि बोल्छ "मलाइ पनि बियर पिलाउनु न । सम्राटले अर्को बियर दिन्छ । प्रताप भन्छ "नाइ मलाइ हजुरको हातकै बियर दिनु" सम्राट भन्छ " यो त जुठो भैसक्यो; जुठो खादा लभ पर्ला नि फेरि।" प्रताप बोल्छ "खुरुक्क दिनु न" सम्राट भन्छ "त्यसो भए तिमिले मलाई आइ लभ यो टु भन्नू पर्छ" प्रताप जिस्किदै भन्छ "मैले भन्दै भनिन भने के गर्नु हुन्छ ?" सम्राट अब सिरियस हुन्छ "थाहा छैन केही सोचेको छैन" भन्छ; उसको आँखा रसिलो हुँदै आउँछ । त्यो देखेर प्रताप हतार-हतार सम्राटलाइ अङ्गाल्छ र बोल्छ । "आइ. लभ. यु. टु. ; म हजुरलाइ यति माया गर्छु, यति मन पराउछु कि हजुर पनि मलाई माया गर्नुहुन्छ भन्ने कुरामा बिस्वास नै गर्न सकिरहेको छैन ।" अब सम्राट को अनुहारमा चमक छाउँछ र प्रतापलाइ समातेर जिस्किदै भन्छ "छाती चिरेर देखाइदिउँ त ?" प्रतापले "चुप लाग्नु" भन्छ ।

सम्राट एउटा हातले प्रतापलाइ समात्छ अनि उसैलाइ हेर्दै एक घुट्की बियर पिउछ अनि प्रतापलाइ सबै बियर पिलाइदिन्छ । अनि प्रतापको ओठ भरी लागेको फिज मेरो लागि भन्दै उसको ओठ चुसिदिन्छ । अर्को बियर पनि त्यसै गर्दै सिध्याउछ र ओठको फिज चुसिरहन्छ । अब प्रतापको सास बढ्न थालिसकेको हुन्छ र ज्यान गलेको जस्तो अनुभुति हुन्छ । सम्राटले प्रतापको पुरै अनुहार भरी यसरी चुम्बान गरिदिन्छ कि उ सदियौ देखि मानौ चुम्बनको भोको थियो । प्रतापलाइ अलौकिक आनन्दको अनुभुती हुन्छ । बिस्तारै सम्राट प्रतापको शरीर सँग खेल्न थाल्छ । प्रताप पनि सम्राटलाई साथ दिई रहन्छ । सम्राट प्रतापलाई चुम्बन गरिरहन्छ र उसलाइ पिडाको अनुभुति हुन नदिइ निकै बेर सम्म रास लिला रचाउछ । केही बेरमा दुबै जना थकित हुन्छन् अनि अलिकति लाज मानिरहेको प्रताप बाथरुम भित्र छिर्छ अनि सम्राट पनि बाथरूम मा पस्छ । सम्राटले प्रतापलाइ बाथरुम बाट उठाएर ल्याउछ र अङ्गालोमा राखेर सुताउछ ।


कृपया आफुलाइ मनमा लागेको कुरा अनि सहि सल्लाह सुझाव कमेन्ट् गरिदिनु होला । मेरो अपेक्षा छ ।।

Comments

Popular posts from this blog

गाउँको पहिलो प्रेम

समलिङ्गी जीवन र समस्याहरु