गाउँको पहिलो प्रेम
मनिष एउटा गाउँले केटा हो । मिलेको अनुहार साथै उसको शरीर पनि सुन्दर छ तर आचरण अलिक केटि जस्तो भएको केटा; झ्याल बाट लुकेर ह्यान्ड्सम्, आफू भन्दा थोरै सिनियर केटा लक्ष्मण बाटोमा हिडिरहेको हेरिरहन्छ । यसरी लुकेर लक्ष्मणलाई हेर्नू उसको दैनिकी जस्तै हो । हुन त दुबै टाढाको मान्छे हैनन् एउटै गाउँका छिमेकी; दुबै कम बोल्छन्। आ-आफ्नो सर्कलमा ठिकै बोले पनि यी दुई एकअर्का बिच भने मुस्किलले बोल्छन् । मनिष लजालु स्वभाव को छ भने लक्ष्मण अलि रिसालु स्वभावको ! मनिष नाच्न गाउन सिपालु भने लक्ष्मण खेलमा खास गरेर भलिबल मा च्याम्पियन । दुबै गाउँका टिनेजर केटाहरु बिहान घाँस दाउरा गर्नु र दिउँसो स्कुल जानू उनिहरुको दिनचर्या नै हो ।
मनिष बिहान घाँस काटेर फर्किदै गर्दा अगाडी केही पर बाटोमा लक्ष्मण पनि घाँस बोकेर आउँदै गरेको उसले देख्छ । अब मनिषलाई डर लाग्न थाल्छ, अनुहार पुरै रातो हुन्छ शरीर पनि काप्न थालेको उसले महसुस गर्छ ! लजालु स्वभावको मनिषलाई आफुलाई निकै मन पर्ने लक्ष्मण संग हेलो हाइ गर्न सधै पहाड फोर्नु जत्तिकै मुस्किल पर्छ । नजिकै आएपछि हल्का कामेको स्वरमा मनिष बोल्छ "कहाँ बाट ल्याएको यति राम्रो घाँस ?"
"तल खोल्सा बाट"
अब यहाँ भान्दा बोल्ने कुरा र हिम्मत मनिष संंग हुदैन अनि "ए" भनेर दुबै आफ्नो-आफ्नो बाटो लाग्छन् ।
दिउँसो स्कुलमा कक्षाको साथीले आज फेरि केटि जस्तो भनेर भन्यो मनिषलाई । उ दिउसो देखि साह्रै मन दुखाएर बेलुका बिस्तरामा पल्टिरह्यो र सोचिरह्यो कि यो दुनियाँले मलाइ किन मर्द सोच्ददैन ? उ साह्रै निरास हुन्छ । उसलाई लाग्छ सायद यो गाउँ छोडेर कहिँ अन्त गयो भने मलाई कसैले यस्तो भन्दैन होला भनेर । बेलुका सुत्ने बेला सधै मनिष लक्ष्मणलाई सम्झन्छ अनि कल्पनामा डुबिरहन्छ । कल्पनामा उ आफुलाइ लक्ष्मणको प्रेमिका सोच्छ अनि लक्ष्मणले आफुलाइ माया गरेको अनि आफुले निकै नखरा गरेको कुराहरु कल्पेर निकै रोमान्चित महसुस गर्छ । यद्यपि, आफूलाई मनिष किन यति धेरै मन पर्छ भन्ने कुरा उसलाई हेक्का नै हुदैन ।
भोलिपल्ट बिहानै स्कुल जानू अगाडि डोको भरी घाँस काट्छ अनि हात खुट्टा राम्रो सङ्ग पखालि कपाल श्याम्पु गरेर खाना खाएर थोरै श्रृङ्गार गरेपछी मनिष स्कुल जान्छ । दिन भरिको कक्षा सकेपछी आफ्नो कक्षा 9 र 10 कक्षाका केटाहरु संग घर फर्किन लाग्छ । बाटोमा भर्खर् बैसले उन्मत्त केटाहरु अनेक हर्कत गरिरहन्छन् । सबै केटाहरू केटिको कुरा गर्छन् केही अस्लिल कुराहरु पनि गर्छन् । मनिषलाई भने यस्तो कुराहरु गर्न आउदैन अनि यस्ता कुराहरु बोल्दा पनि लाज लाग्छ । यद्यपि, सबैको बिचमा उसको नजर र ध्यान भने लक्ष्मणमा नै टिकिरहन्छ । उ सँगै हुदा निकै रमाइलो महसुस गरिरहन्छ र लक्ष्मणको हर क्रियाकलाप आनन्द मानेर नियालिरहन्छ । गाउँको टाढाको बिद्यालय; बाटो निकै लामो छ सबै केटाहरु बाटोमा बिसाइ मेट्न बस्छन । लक्ष्मण र केही केटाहरु सु सु गर्न थाल्छन् । मनिष चाहि एक ठाउँमा बसेर सबै हेरिरहन्छ । लक्ष्मण आफ्नो लिङ्ग नै मनिषले प्रश्टै देख्ने गरि सु सु गर्न थाल्छ ।
उफ.. उसले लक्ष्मणको गोप्य अङ्ग पनि देख्छ कालो रौ हरुको बिचमा कालो कालो लक्ष्मणको ठूलो गुप्ताङग । उस्लाइ भित्र बित्रै काउकुती लाग्छ, अलिक दर लागे जस्तो पनि हुन्छ । तर केही प्रतिकृया दिदैन । यसअघि उसले कोहि ठूलो केटा मान्छेको गोप्य अङ्ग देखेको त थिएन नै; हेर्ने प्रयास पनि गरेको थिएन । तर, यसरी खुलमखुल्ला पिसाब गर्नु अरु सबै केटाहरुको लागि भने सामान्य कुरा नै थियो । केही बेर पछि सबै जना रमाइलो गर्दै, हल्ला गर्दै हिड्छन् । मनिष पनि उनिहरुको रमाइलो मा रमाउदै हिंड्छ तर उ लक्ष्मण सँग चाहिँ बोल्न सकिरहेको हुदैन। जङ्गल को मुनितिर आइपुग्दा मनिषको अगाडीका दुई केटाहरु अलि उछृङ्खल् पाराले एकअर्का माथी चढ्छन् । त्यो देखेर सबै केटाहरु हास्न थाल्छन् ।
एक्कासी लक्ष्मनले बोलाउछ "मनिष !"
मनिष लक्ष्मण तिर फर्कन्छ "हजुर"
"तिमी तेस्लाइ रााँगो लगाए जस्तो मिलाइदेउ न"
सबै गलल हस्छन् । मनिष चाहिँ लक्ष्मन संंग आँखा जुधाउन सक्दैन । आज उस्लाइ अर्कै कस्तो कस्तो अनुभव भैरहेको छ ।
समय बित्दै जान्छ एकदिन साझ सदा झैँ मनिष नजिकै छिमेकीको घरमा टि.भि. हेर्न जान्छ; आखिर त्यो ठाउँमा नजिक तै एउटा घरमा मात्रै त छ टि.भि. । उ कोठा बाहिरै टि.भि. देख्ने गरि राखेको लामो काठ्को बेन्चमा बस्छ र टि.भि. हेर्न थाल्छ । एकछिनमा त्यहाँ लक्ष्मण आइपुग्छ र उ छेउमै बस्छ । मनिष सधैं झैं लक्ष्मण सँँग बोल्न दराउछ । लक्ष्मण ले सोध्छ
"खाना खायौ ?
"अँ खाए अनि तिमिले ?"
खाँए भन्दै लक्ष्मन ले मनिषको काध माथी बाट हात राख्दै अङ्गाल्छ । मनिषको हात समातेर भन्छ "तिमी आज भोलि किन दुब्लाको झन् झन् सुक्दै गाको छौ त !" मनिषलाई जवाफ दिन आउदैन र उसले हास्दै भन्छ अँ म भिजेको थिए अनि सुकेको नि " त्यो साझ लक्ष्मणले मनिषलाई निकै मायालु पाराले केही बेर सम्म कुरा गरिहहन्छ । मनिषलाई चाहिँ स्वर्गीय आनन्दको अनुभुति हुन्छ । आज खै किन हो लक्ष्मणले मनिषलाई प्रेमिकालाई नै जसरी माया गरेको अनि मायाले अङ्गालोमा राखेर कुरा गरेको । उता राती मनिषको निन्द्रा गायब हुन्छ । मनिष बिस्तरामा पल्टेर सोचिरन्छ म त्यस्तो दुब्लाउदै कहाँ गा'को छु त उसले आज किन यति मायाले कुरा गरेको होला । सायद मलाइ उ जति मन पर्छ त्यति नै उसलाई पनि म मन पर्छ होला । उ निकै खुसी हुन्छ । मनिषलाई लाग्छ सबै केटा मान्छेहरूलाई उसलाई जस्तै कोही अरु केटा मान्छे मन पर्छ होला भनेर । उस्लाइ रात पनि रमाइलो लाग्छ अनि यो संसार यति रमाइलो उसले पहिले कहिलै महसुस नै गरेको थिएन । उसलाई लाग्छ अब लक्ष्मण आफ्नै मान्छे हो उ सँग अब निकै राम्रो सम्बन्ध रहनेछ ।
केही दिनमा फेरि लक्ष्मण र मनिषको भेट छिमेकीको घरमा टि.भि. हेर्ने क्रममा हुन्छ आज चाहिँ थुप्रै मान्छेहरु भेला भएका रहेछन । टि.भि. बाहिरै पिढिमा राखेर सबै जना हेरिरहेका रहेछन् । लक्ष्मण चाहिँ रिमोट लिएर एताउता डुलिरहेको हुन्छ । मनिषलाई अघिल्लो दिन जसरी लक्ष्मण नजिकै आएर बसे हुन्थ्यो जस्तो लाग्छ नभन्दै लक्ष्मण छेउमै आएर रिमोट दबाउदै रहेको हुन्छ । मान्छे खचाखच हुन्छन बस्न मुस्किल भैरहेको हुन्छ मनिषले यहीँ मौका पारेर लक्ष्मणको काध माथी हात राख्छ । यो कुरा सायद लक्ष्मणलाई मन परेन क्यारे उस्ले मनिषको मुख तिर यसरी हेर्छ कि उसको लागि मनिष कोहि नयाँ र अजिब मान्छे हो, उसलाई यसरी छुने अधिकार नै छैन । अनि उ उठेर अन्तै जान्छ अनि घर नफर्किन्जेल नजिक आउदैन । मनिष अचम्म पर्छ, निराश हुन्छ, मनमा चोट पर्छ अनि मनमा प्रश्न उठ्छ "किन ?" जसको उत्तर न त मनिष नै सोध्न सक्थ्यो न त लक्ष्मण नै दिनेवाला थियो । जब उ घर फर्कन्छ त्यस साझ मनिषले आफुले हद पार गरेको र आफू त्यै मनिष हो जुन पहिला थियो भन्ने कुरा महसुस गर्छ । अब उपरान्त उसले लक्ष्मणलाई छुने हिम्मत गर्ने छैन । उसलाई लक्ष्मण ले पनि अब फेरि त्यसरी माया गर्ला भन्ने लाग्दैन । आफू सधै जे कल्पना गरिरन्छ त्यो बास्तबिकतामा सम्भब छैन जस्तो लाग्छ उसलाई ।अब फेरि मनिष पुरानै सैलिमा जीवन जिउन थाल्छ । एक्लो एक्लो, अरु भन्दा फरक अनि लुकाइराखेको पिडादायी जिन्दगी, उस्तै कल्पनाहरु र जिवनसैलीका साथ । यद्यपि, त्यो मनिष सँग बिताएको रमाइलो साझको सम्झना र फेरि त्यसरी नै लक्ष्मणले कुनै दिन माया गर्ला भन्ने झिनो आशा चाहिँ कहिलै मेटाउन सक्दैन ।
Please keep writing.
ReplyDelete