नजानेको प्रेम
"प्रेम" संसारकाे सबै भन्दा सुन्दर चिज हो । भनिन्छ प्रेम ईश्वरको रुप हो । जसलाइ केबल महसुस गर्न सकिन्छ । यसको न कुनै रुप हुन्छ न कुनै रङ्ग, न त यसको कुनै सिमा नै हुन्छ । सायद प्रेम नहुदो हो त यो संसार यो युग सम्म आइ पुग्दैन थियोे होला । यसको अनुभुति जति मिठो हुन्छ बिछोड को पिडा र अनुभुती त्यति नै नमिठो पनि हुन्छ । यसैले हामीलाई बाच्न सिकाएको छ र हामी मध्य कतिलाई मर्न बाध्य पनि गरेको छ । हामिले यसलाइ पुर्न रूपमा न जान्न सक्यौ न त बर्णन गर्न नै । यो संसार यसैको सेरोफेरोमा घुमिरहेको छ ।
प्रेमको बारेमा हामिले देख्दै, सुन्दै र आ-आफुले बनाएको धारणा भन्दा पृथक अनुभुति एक युवाले आफ्नो जीवनमा महसुस गर्छ । "सुमन" एउटा केटा जो गाउँमा हुर्किबढी पढाईको सिलसिलामा सहर पस्छ । बाह्र कक्षा पास गरे पछि सुमन काठमाडौमा बसेर स्नातक तहको पढाई गर्न थाल्छ । मनमोहन रुपको धनी अनि सधै हसिलो मुहार को रुपमा आफ्नो परिचय बनाएको उ आफुलाइ सधै खुला दिल र स्वतन्त्र बिचारधाराको मान्छ । ईन्टरनेटको चलन्चल्ती सँगै उ आफुलाइ पनि ईन्टरनेटको संसार् मा घुमाइरहन्छ । ईन्टरनेटको दुनिया बाट नै थुप्रै जानकारीहरु उसले हासिल गरेको हुन्छ । जस मध्य उसको यौन पहिचान बारे पनि एक हो । सुमन काठमाडौं आउनु अगाडी नै आफुलाइ पुरुष प्रति नै आकर्षन छ भन्ने कुरा जानिसकेको हुन्छ । उ आफुलाइ "गे" अर्थात् पुरुष समलिङ्गी पक्का पक्की रुपमै मान्छ ।
स्नातक तहको पढाईको लागी कलेजमा पहिलो दिन उसको थुप्रै साथिहरु संग परिचय हुन्छ । केहि असहज महसुस भए पनि कक्षामा सबै साथिहरु सुमनलाइ मिलनसार लाग्छ, सबै केटाहरू निकै आकर्षक लाग्छ । कक्षाका प्राय केटाहरु हाउडे पराको देखिन्छन् तर एक जना केटा आफ्नो टाइपको लाग्छ । "सिसन" गोरो मिलेको उज्यालो अनुहार, मिलेको दन्त लहर त्यस माथी मीठो मुस्कान, ठिक्कको उचाई अनि ठिक्कको; अलिकती पातलो जिउ । उसको नरम बोली र मीठो मुस्कानले सुमनलाई सिसन प्रती सहज महसुस गराउछ । सुमनलाइ सिसन क्युट लाग्छ तर उसको आकर्षन भने ती हाउडे देखिने केटाहरू तिर नै रहन्छ । सबै केटाहरु सेक्सी देखिन्छन् । खास गरि दुई जना जिम गरिरहेका बडि बिल्डरहरु । यद्यपि, सुमन अनि सिसन सँग सँगै बसेर त्यो दिनको पढाई सक्छन् ।
अब दोस्रो दिन देखि बिस्तारै सुमनको मिल्ने साथी हरु सिसन सँगै अरु केही केटि साथीहरु बन्छन् । उनिहरु कहिले काहीँ कक्षा नहुदा र ब्रेक टाइममा सँगसँगै खाजा खान र घुम्न जान थाल्छन् । एक अर्काको होमवर्क सेयर गर्ने र एक अर्कालाइ सहयोग गर्न थाल्छन् ।
दिन हरु बिस्तारै बित्दै जान्छ सुमन र सिसन अब निकै मिल्ने साथी भैसक्छन् । सुमन लाई सिसन निकै प्यारो त लाग्छ तर उसको सोचाइ अनुसार अलि खाइलाग्दो र एकदम मर्द वाला याटिचुट भएको केटा मात्रै उस्को प्रेमी हुनु पर्छ भन्ने कुरा दिमागमा बसेको कारण उसले पार्टनर को रुपमा सिसन तिर कहिलै ध्यान दिदैन । बरु सिसन लाई बेला बेला जिस्क्याएर तिमी त्यति ह्यान्ड्सम छैनौ भन्ने कुरा जनाइ रहन्छ । सुमनले कहिलै सोच्दैन कि यस्तो कुराहरुले सिसनलाइ कस्तो महसुस हुन्छ होला भनेर । सुमनले एक दिन भनिदिन्छ "अनुहार मात्रै राम्रो भएर हुन्छ शरीर पनि राम्रो हुनु पर्छ नि !" त्यो दिन सिसनले उसको कुरालाई इग्नोर गरिदिन्छ ।
बिस्तारै सुमन कक्षाका अरु केटाहरु सँग बोइफ्रेन्ड जसरी जिस्किन थाल्छ । कक्षामा एक जना जिम गरिरहेको केटालाई बेबि भनेर जिस्किन थाल्छ । कक्षाका सबै केटाहरु अनि केटिहरु पनि रमाइलो मानेर हास्छन् अनि सुमन र त्यो केटाको नाम लिएर जिस्काउन पनि थाल्छन् । सुरु सुरुमा सबैले जिस्केको मात्रै होला भन्ठान्छन् तर बिस्तारै सबैलाइ सुमन को यौन पहिचान बारे थाहा हुन्छ । यद्यपि, सुमनलाइ कसैले पनि नराम्रो भन्दैनन् किनकी जमाना अनुसार एल. जि. बि. टि. समुदाय प्रती को थोरै थोरै नलेज सबै सँग हुन्छ । केटाहरु भने सुमनलाइ अलिक जिस्क्याउन थाल्छन् । सिसन भने सुमन सँग साधारण व्यबहार गरिरहन्छ ।
सिसन सुमनलाइ कहिलै नराम्रो वचन बोल्दैन, सुमनलाइ अलिक केयर पनि गर्छ तर सिसन केही कुराहरूमा सुमन प्रती अलिकती डोमिनेट खालको व्यबहार गर्छ सिसन को यस्तो व्यबहार र उसको आत्म बिश्वास सुमनलाइ एकदम मन पर्छ ।
सुमनलाइ कलेज मा नयाँ नयाँ खालको चकलेटहरु लिएर जान एकदम मन पर्छ र ती चकलेटहरु साथी हरु सँग बाडेर खान रमाइलो लाग्छ । सिसन भने सुमनको हात बाट थुप्रै चकलेट हरु लिन्छ सुमनले तेसो नगर अरुलाइ पुग्दैन भन्दा सिसन "सब् फिर्ता गर्दिन्छु" भन्छ । सुमन चाहिँ "नाइ पर्दैन" भन्छ किनकी उसलाई सिसनको यस्तो याटिच्युट एकदम मन पर्छ ।
सुमनलाई कक्षामा आडैमा बसेको सिसनलाइ जिस्क्याइरहन र कोट्याइरहन मजा लाग्छ । सिसन चाहिँ यसरी उसलाइ कोट्याइ रहदा, जिस्क्याइ रहदा केही झर्को मान्छ । यसरी जिस्क्याइरहदा सिसन रिसाउछ अनि नजरअन्दाज गर्न थाल्छ । सिसनले इग्नोर गर्दा सुमन भने झन झन कोट्याइरन्छ ।
समय बित्दै जादा सुमनलाइ "गे" को रुपमा कक्षाका साथिहरुले जिस्काउछन् तै पनि सुमन भने उल्टै उनिहरुलाई जिस्काइ रहन्छ । यसो गर्दा सिसनलाई चाहिँ अलि अफ्ठ्यारो महसुस हुन्छ । उसलाइ पनि साथीहरुले सुमनको पार्ट्नर भनिदिन्छन् । सायद साथिहरुले यसरी जिस्क्याउदा उसलाइ नराम्रो महसुस हुन थालेछ क्यारे सिसन अब बिस्तारै सुमनलाई झन झन इग्नोर गर्न थाल्छ ।
अब सिसनको हिमचिम अर्को कक्षाकी एक जना केटिसाथी सँग बढ्न थाल्छ र सुमनलाइ अलि बढी नै इग्नोर गर्न थाल्छ । यसरी सुमन र सिसनको दुरि बिस्तारै बढ्न थाल्छ । सिसन छुट्टै अनि सुमन पनि कक्षाका अरुनै साथीहरु सँग बसेर क्लास् लिन थाल्छन् । क्लास् बाहिर भने सुमन अर्कै कक्षाका साथीहरु सँग डुल्छ ।
एक दिन सुमन र सिसन आफ्नो पढाई कै एक प्रोजेक्ट सो सिलसिलामा काठमाडौं नजिकैको गाउँमा तीन जना केटि साथीहरु सँग सँगै जाने मौका मिल्छ । बाटो भरी उनिहरु रमाइलो गर्दै जान्छन् । फर्किदा सिसन ती तीन जना मध्य एक जना केटि सँग प्रेम सम्बन्ध मा रहेछ भन्ने कुरा सुमनले थाहा पाउछ । उसलाइ अलिक कस्तो कस्तो लाग्छ तर उसले त्यो कुरालाइ त्यति गम्भीरताले लिदैन ।
कलेजको अन्तिम वर्ष सिसन पढाई सँग सँगै जागीर पनि गर्न थाल्छ । अब त सिसन अझै ब्यस्त रहनाले सिसन र सुमन को दुरि झनै बढन थाल्छ । पहिले पहिले परिक्षा र गृहकार्यका लागि बिरलै हुने गरेको फोन सम्पर्क र म्यासेन्जर मा च्याटिङ पनि अब हुन छोड्छ ।
यसरी कलेजमा अब पढाई सकिन्छ र अन्तिम वर्षको बोर्ड परिक्षा को तयारीका लागि थुप्रै दिन ग्याप रहन्छ । दुबै आफ्नो आफ्नो तयारी मा लाग्छन् ।
अन्तिम वर्षको बोर्ड परिक्षा पनि आउँछ । दुबै जनाको सेन्टर एकै ठाउँमा भए पनि यतिन्जेल सम्म दुबै जनाको साथी सर्कल छुट्टाछुट्टै भै सकेको हुन्छ । परिक्षाको क्रममा पनि दुबै जनाको भेटघाट मुस्किलले हुन्छ सुमन भने सिसन पनि आफू सँगै भैदिय हुन्थ्यो भन्ठान्छ । उसले सिसनलाइ बोलाउने कोसिस गर्छ तर पनि सिसन भने सामान्य हेल्लो हाइ गर्नु बाहेक अरु कुरामा सुमनलाइ इग्नोर गरिरहन्छ । सुमनलाई यस्तो कुराले अलिकति मन त दुख्छ तर आफू गे हुनाले उसले अब आफुसँँग सम्बन्ध राख्दैन । आफ्नो जिवनको यो यथार्थ स्वीकार गर्नु पर्छ भन्ने लागेर चुपचाप बसिरहन्छ !
परिक्षा सकिएपछी गाउँमा घर हुने कक्षाका साथिहरु गाउँ जान्छ्न सुमन पनि केही दिनको छुट्टी मनाउन आफ्नो पुरानो साथिहरु सँग पोखरा तिर लाग्छ र आफ्नो गाउँ जान्छ । अब सुमनको सिसन सँग भेट ग्राजुएसनको दिन मात्रै हुने सम्भावना देखिन्छ । करिब डेढ महिना पछि कलेजको ग्राजुएसन् एउटा सान्दार होटेलमा आयोजना हुन्छ । सुमन आफ्नो कलेजको अरु साथिहरु सँँग होटेल पुग्छ । उसको नजरले चाहिँ सिसनलाइ खोजिरहेको हुन्छ । निकै ढिलो सिसन आइपुग्छ । सामान्य हाइ हेल्लो गरेर उनिहरु समारोहमा बस्छन् । समारोह सकिय पछि आफ्नो आफ्नो गार्जेन्ट सँँग खाजा खाएर सबै अफ्नो आफ्नो बाटो लाग्छन् ।
कलेज अब सम्पुर्ण रुपमा सकियो तर सुमनलाइ सिसनको यादले सताउन थाल्छ । हरेक दिन सुत्नु भन्दा अगाडि सिसनको अतिनै याद आउन थाल्छ । उसको निद्रा हराउँछ । उ ईन्टरनेटको दुनियाँमा आफुलाइ भुलाउने कोशिस गर्छ । यसरी हरेक दिन उसको सुत्ने समय ढिलो हुन थाल्छ । उसलाई किन उसको लगाब सिसन प्रती सधैं रहेछ भन्ने कुराको आभास हुन्छ । खै कति खेर र कसरी सिसन उसको मनमा बसिसकेको रहेछ । यति राम्रो सँग बसिसकेको रहेछ कि सिसनले उसको दिलमा जुन ठाउँ बनाएको छ सायद अब त्यहाँ अरु कोइ अट्ने छैन । चाहेर नचाहेर प्रेम त बसिसकेको रहेछ । सुमनको सोचाइले या त उसको दुर्भाग्यले प्रेमको महसुस धेरै नै ढिलो हुन पुगेछ ।
सुमनले हिम्मत गरेर एक दिन सिसनलाइ फोन गर्ने निर्णय गर्छ र फोन गर्छ तर फोन उठ्दैन । उसले फेरि फेरि कोशिस गर्छ फेरि पनि फोन उठ्दैन । उसले सोच्छ मेरो पो त कोइ केटा सँँग माया बस्न सक्छ तर उसको जिन्दगी अर्कै छ । जे होस म मेरो मनको कुरा उ सम्म पुर्याउछु । त्यस पछि आफ्नो फेसबुक म्यासेन्जर मा गएर सिसनलाइ लेख्छ ।
"हेलो सिसन ! म तिमिलाइ असाध्यै सम्झिरहन्छु ! कति साह्रो ब्यस्त हो ?? तिमिले मेरो म्यासेजको कुनै रेस्पोन्स नदिदा अनि तिमिले मलाई इग्नोर गरिदिदा मेरो मन दुख्छ । सायद तिमिलाइ अफ्ठ्यारो महसुस हुन्छ होला तर मेरो दिलमा तिम्रो लागि एकदमै बलियो अनुभुती रहेको छ जुन कुरा मलाइ निकै ढिलो महसुस भयो ।"
पहिले पहिले त उत्तर नआउने त्यस् दिन सिसन को झट्टै रिप्लाई आउछ
"मेरो जिवनमा एक जना केटि छ ।"
अनि सुमनले उत्तर दिन्छ
"अँ मलाई थाहा छ । तिम्रो गर्लफ्रेन्ड भए पनि हामी साथिको रुपमा सम्पर्कमा त रहन सक्छौं नि । म मात्र मेरो मनको कुरा तिमिलाइ सुनाउन चाहन्थे । कलेजमा कक्षामा सबै केटाहरु निकै आकर्षक थिए तर मेरो प्रेम त तिमी सँग बसेछ । जुन कुरा धेरै ढिलो महसुस भयो । मैले कहिले तिमिलाइ त्यस्तो नजरले हेरिन तर खै कतिखेर तिम्रो केयर गर्न थालेछु......
अब फेरि उता बाट उत्तर आउनै छोड्छ । फेरि अर्को अर्को दिनहरुमा पनि सुमनले सिसनलाइ बोलाउने कोशिश गर्छ तर उता बाट कुनै उत्तर आउदैन । सुमन को मन थोरै हल्का त भयो तर उसको याद उसको जिवनको एउटा हिस्सा भैसकेको थियो । सुमनलाई लाग्छ कि काँश यस्तो कुरा कलेज हुँदै थाहा भैदिएको भए म कमसेकम उसको उपस्थितिको र उसको सामिप्यताको आनन्द लिन्थे । उसको मन मा ठाउँ बनाउने कोशिश गर्थे । उसको इच्छा हुन्थ्यो भने यो पुरै जीवन उसको लागि जिउँथे । समयमा माया चिन्न नसक्दा या भनौ भाग्यमा नहुदा केबल जीवन भरिको याद बोकेर बाच्नु पर्दो रहेछ ।
Comments
Post a Comment